डडेलधुरामा पुनः वडाअधिवेशन गर्नुपर्ने पौडेल पक्षको माग ‘असम्भव’

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, महामन्त्री शशांक कोइरालासहित नेताहरूले डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनुपर्ने भनी गरेको मागलाई पार्टीको निर्वाचन समितिले सम्भव नभएको बताएको छ।

आज निर्वाचन समितलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पुनः अधिवेशन गराउन उनीहरूले माग गरेका थिए। सभापति देउवाको गृहजिल्लामा भएको अधिवेशनप्रति वरिष्ठ नेता पौडेल पक्षले यसअघि नै आपत्ति जनाएका थियो।

बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिका संयोजक महादेव यादवसहित पदाधिकारीलाई भेटेर पौडेल पक्षले त्यहाँ पुनः अधिवेशन गराउनुपर्ने माग राखेका थिए। निर्वाचन समितिका संयोजक यादवले बरु अब थप हुने जिल्लामा कडाई गर्ने प्रतिबद्धता जनाएका छन्।

डडेल्धुरामा भएको अधिवेशनमा सभापति देउवा पक्षले इत्तर पक्षको असन्तुष्टिका बाबजुद अधिवेशन गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved