राप्रपाले तय गर्‍यो जिल्ला अधिवेशनको नयाँ मिति

नेपालभ्युज

राप्रपाले तय गर्‍यो जिल्ला अधिवेशनको नयाँ मिति

काठमाडौं। राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले आउँदो असोज २० गतेसम्म जिल्ला तहको अधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको छ।

राप्रपाको अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको आज बसेको बैठकले पार्टीको सदस्यता वितरण म्याद पनि २५ असोजसम्म थप गर्ने निर्णय गरेको छ।

२७ कात्तिकदेखि ३० गतेसम्म राप्रपाले पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। कोरानाका कारण राप्रपाको महाधिवेशन पटक पटक सर्दै आएको छ। कार्तिकमा जसरी पनि महाधिवेशन गर्ने गरी राप्रपाले विभिन्न समितिहरू पनि बनाएका छन्।

तत्कालीन दुई खेमामा रहेको राप्रपा एक भएपछिको यो पहिलो महाधिवेशन हुनेछ। एकीकरणको बेला ६ महिनाभित्र महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर कोराना संक्रमणका कारण त्यो हुन सकेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved