कोरोना महामारीमा बढ्यो मातृ मृत्युदर

नेपालभ्युज

कोरोना महामारीमा बढ्यो मातृ मृत्युदर

काठमाडौं। विश्वभर कोरोना महामारीको समयमा आमा र नवजात शिशुको मृत्युदर बढेको पाइएको छ। यो वर्ष मातृ मृत्युदर अत्यधिक देखिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा.संगीता कौशल मिश्रले बताइन्।

सुरक्षा हामी सबैको आधारभूत आवश्यकता हो। सुरक्षाकै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा महासभाको निर्णयमा विश्व बिरामी सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो। सोहीअनुरूप विश्व बिरामी सुरक्षा दिवस प्रत्येक वर्ष १७ सेटेम्बर (असोज १) मा मनाइँदै आइएको छ।

मातृमृत्यर दर ह्वात्तै बढेका कारण यो वर्ष विश्व स्वास्थ्य संगठनले सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहारको विषयलाई सार्दै ‘सुरक्षित तथा सम्मानजनक प्रसूति तथा स्वास्थ्यमा प्रगति’ को मूल नारा तय गरेको हो।

विश्वभर प्रत्येक दिन आठ सय १० महिला र ६ हजार ७०० नवजात शिशुको मृत्यु हुने गरेको थियो भने कोरोना महामारीमा यो संख्या सय प्रतिशतले नै बढेको डा. मिश्रले जानकारी दिइन्।

कोरोना महामारीमा प्रसवको अवस्थामा विश्वभर २० लाख शिशुको मृत्यु भएको उनले जानकारी बताइन्। यी सबै विषयलाई जोड्दै विश्व स्वास्थ्य संगठनले सुरक्षित मातृत्व तथा जवजात शिशुको स्याहार विषयलाई ल्याएको उनले बताइन्।

मिश्र भन्छिन्, “सुरक्षा हाम्रो अधिकार हो भनिरहदा समुदायमा महिला दिदीबहिनीहरूले समयमा उपचार नपाउने, अस्पताल खोज्दा ढिलो हुने, समयमै निर्णय नपुग्दा उपचार केन्द्रमा पुग्न यातायात नहुँदा पनि मातृ र शिशुमृत्युदर बढिरहेको छ।”

हाल नेपालमा मातृ मृत्युदर प्रतिहजार २३९ जना छ। दिगो विकास लक्ष्य २०३० अनुसार नेपालले मातृ मृत्युदर लगभग ७० प्रतिशतभन्दा मुनि झारिसक्नुपर्नेछ। उनले भनिन्, “त्यसकारण पनि यस वर्षको बिरामी सुरक्षा दिवस धेरै महत्वपूर्ण रहेको छ।”

नेपालको तथ्यांक हेर्दा गर्भावस्थामा चार पटकसम्म जाँच गराउने ५६ प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट ‘डेलिभरी’ गराउने ७२ प्रतिशत, अस्पतालमा डेलिभरी गराउने ६५ प्रतिशत, प्रसूति भइसकेपछि जाँच गराउने १८ प्रतिशत रहेका डा मिश्रले बताइन्। माथि उल्लिखित सबै ९० प्रतिशतभन्दा बढी हुनुपर्ने नभए दिगो विकासको लक्ष्य पूरा गर्न सफल नहुने उनको भनाइ छ।

यसलाई कम गर्न सरकारले सन् १९९७ देखि नै ‘आमा कार्यक्रम’ लागू गरिएको उनले भनिन्, “प्रत्येक ठाउँमा दक्ष प्रसूति तालिम दिएर बर्थिङ सेन्टर स्थापना गरेका छौं। दुई सय १९ ठाउँमा शल्यक्रिया सेवा पनि उपलब्ध गराइएको छ।”

त्यसैगरी नवजात शिशुको मृत्युदर कम गर्न सरकारले एनआईसीयू र एसएनसीयू व्यवस्था गरी सबै उपचार निःशुल्क गरको छ। यसरी बिरामीको आर्थिक भार कम गर्न सरकार लागिपरेको उनले बताइन्। यति गर्दा पनि मातृ मृत्युदर बढिरहेको मिश्र बताउँछिन्। भनिन्, “यसलाई कम गर्न सरकारी निकायदेखि सबैको भूमिका उत्तिकै हुनुपर्छ।”

समयमै उपचार गर्न पाउने व्यवस्था, निर्णय लिन ढिलाइ नगर्ने र गर्भवतीलाई परिवारले मात्र नभएर समुदायले नै साथ दिए नेपालमा मातृ मृत्युदर कम हुँदै जाने उनले बताइन्। त्यस्तै नवजात शिशुको ख्याल सबैले गर्न सके शिशु मृत्युदर कम हुने डा. मिश्रले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved