मेस्सीको च्याम्पियन्स लिग डेब्यू खेलमा पीएसजीको बराबरी

सिटीको आधा दर्जन गोल, रियल मड्रिडको कठिन जित

नेपालभ्युज

मेस्सीको च्याम्पियन्स लिग डेब्यू खेलमा पीएसजीको बराबरी

काठमाडौं ।  लियोनल मेस्सीको च्याम्पियन्स लिग डेब्यू खेलमा पेरिस सेन्ट जर्मन ( पीएजसजी) क्लब बर्गसँग बराबरीमा रोकिएको छ।

आज बिहान सकिएको खेलमा पीएसजीले पहिलो हाफको १५ मिनेटमा एन्डेर हेरेराले गोल गरे पीएजीलाई अग्रता दिलाए पनि २७ मिनेट गोल खाएपछि खेल बराबरीमा सकिएको हो। दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन्।

त्यस्तै राति नै अन्य सात खेल भएका छन्। म्यानचेस्टर सिटीले आरबी लेइप्जिगलाई आधा दर्जन गोल गर्दा रियल मड्रिडले इन्टर मिलानमाथि कठिन १-० को जित निकाल्न सक्यो। त्यस्तै एट्लेटिको मड्रिडले पोर्टोसँग बराबरी खेल्दा लिभरपुलले मिलानलाई संघर्षपूर्ण ३-२ गोल अन्तले हरायो। मिलान आत्मघाती गोल खाएपाछि हार बेहोर्न बाध्य भएको हो।

त्यसैगरी बोरुसियला डर्टमुन्डले बेस्टिकास्टमाथि २-१ को जित दर्ता गर्दा शाख्तर डोनेस्टेकले भने शेर्रिफसँग २-० गोल अन्तरले हार बेहोरेको छ।

यता राति पौने १ बजे भएको अर्को खेलमा आयाक्सले भने स्पोर्टिङलाई ५-१ गोल अन्तरले हरायो। उक्त खेलमा आइभरी कोस्टका फर्वार्ड सबिस्टन हलर एक्लैले ४ गोल गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved