च्याम्पियन्स लिगमा आज राति

रियल मड्रिडले इन्टर मिलान प्रतिद्वन्द्वी पाउँदा पीएसजीले पायो क्लब बर्ग

नेपालभ्युज

रियल मड्रिडले इन्टर मिलान प्रतिद्वन्द्वी पाउँदा पीएसजीले पायो क्लब बर्ग

काठमाडौं ।  च्याम्पियन्स लिगअन्तर्गत आज राति पनि समूह चरणका खेलहरू हुँदै छन्। आज राति पनि आठ वटा खेल हुँदै छन्।

आज राति साँढे १० बजे जर्मन क्लब बोरुसिया डर्टमुन्डले टर्कीको क्लब बेस्टिकास्टसँग प्रतिस्पर्धा गर्दा युक्रेनको शाख्तर डोनेस्टेकले रसियन क्लब शर्रिफसँग खेल्नेछ।

त्यस्तै राति पाैने एक बजे इटालिएन सिरिए लिग लिडर इन्टर मिलानले ला लिगाको बलियो क्लब रियल मड्रिडविरद्ध खेल्नेछ। यी दुईबीच अहिलेसम्म च्याम्पियन्स लिगमा भएका ११ भेटमा दुवैले बराबरी बाजी मारेका छन् भने एक पटक खेल बराबरीमा सकिएको छ। रियल मड्रिड च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब हो।

त्यसैगरी आजै राति पौने एक बजे हुने अर्को खेलमा ला लिगा विजेता एट्लेटिको मड्रडिले पोर्चुगलको क्लब पोर्टोसँग खेल्नेछ। त्यसैगरी फ्रान्सेली क्लब पिएसजीले क्लब बर्गसँग प्रतिस्पर्धा गर्दा लिभरपुलले एसी मिलानको सामना गर्नेछ।

त्यस्तै म्यानचेस्टर सिटीले आरबी लेइप्जिगसँग खेल्दा स्पोर्टिङले आयाक्सविरुद्ध भिड्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved