राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध

नेपालभ्युज

राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध गरेको छ।

बुधबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका राष्ट्रियसभा सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए। सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नसक्ने उनले बताइन्।

अध्यक्ष तिमल्सिनाले पटक पटक बस्न आग्रह गरे पनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो। बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved