मालिंगाले लिए सबै फर्म्याटको क्रिकेटबाट सन्यास

मालिंगाकै कप्तानीमा श्रीलंकाले सन् २०१४ को विश्वकप उचालेको थियो। उक्त विश्वकपमा श्रीलंकाले भारतलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो।

नेपाल भ्युज

मालिंगाले लिए सबै फर्म्याटको क्रिकेटबाट सन्यास

काठमाडौं। स्टार बलर लासिथ मालिंगाले सबै विधाको क्रिकेट खेलबाट सन्यास लिएका छन्। श्रीलंकाका भेट्रान बलर मालिंगाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत् मालिंगाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। विश्वविजेता तथा श्रीलंकाका पूर्वकप्तान मालिंगाले मंगलबार सन्यास घोषणा गरेका हुन्।

मालिंगाकै कप्तानीमा श्रीलंकाले सन् २०१४ को विश्वकप उचालेको थियो। उक्त विश्वकपमा श्रीलंकाले भारतलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो।

३८ वर्षीय मालिंगाले सन् २०१९ मै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले अन्तिम पटक श्रीलंकाका लागि २०२० को मार्चमा वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी खेलेका थिए ।

मालिंगाले श्रीलंकाबाट ३० टेस्ट, २२६ एकदिवसीय र ८४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा उनले टेस्टमा १०१, एकदिवसीयमा ३३८ र टी-ट्वान्टीमा १०७ विकेट लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved