त्रिकोणात्मक क्रिकेट सिरिज

नेपाल ओमानसँग ५ विकेटले पराजित

नेपालभ्युज

नेपाल ओमानसँग ५ विकेटले पराजित

काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग डिभिजिन २ अन्तर्गत ओमानमा जारी त्रिकोणात्कम एकदिवसीय सिरिजको खेलमा घरेलु टोली ओमानले नेपालमाथि शानदार जित निकालेको छ।

अल अमिरात मैदानमा नेपाल ओमानसँग ५ विकेटले पराजित भयो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ९० रनको योगदान दिए।

ओपनर शेखले ११२ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ९० रन बनाए। उनीसँगै कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाए।

ओमानका लागि बिलाल खान एक्लैले ४ विकेट लिए। उनीसँगै नेस्तर धम्बाले २ तथा जीसान मक्सूद र मोहम्मद नदीमले १/१ विकेट हात पारे।

१९७ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले ३१ ओभर १ बल खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि जतिन्दर सिंहले बिस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे।

ओपनर जतिन्दरले ६२ बल खेल्दै १२ चौका र ६ छक्काको मद्दतमा १०७ रन बनाए। उनीसँगै मोहम्मद नदीमले ३८, सुरज कुमारले २० तथा आयन खानले १८ रन बनाए।

नेपालका लागि करण केसी र कुशल मल्लले २/२ तथा सुसन भारीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved