माओवादीको पार्टी विधान पारित

नेपालभ्युज

माओवादीको पार्टी विधान पारित
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ।

पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ।

त्यस्तै बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्मा दिइएको महराले बताए। त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्न गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए।

माओवादीले पार्टीका केन्द्रीय आयोगहरूलाई २५ सदस्यीय तथा विभागहरू ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ। माओवादीले आयोग तथा विभागमा रहने नेताहरूको सिफारिस गर्न सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved