घरेलु टोली ओमानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

नेपालभ्युज

घरेलु टोली ओमानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो
फाइल तस्वीर

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत ओमानसँगको पहिलो खेल (सिरिजको दोस्रो खेल) नेपालले टस जितेर ब्याटिङ रोजेको छ। अल अमरेत क्रिकेट रंगशाला ओमानमा नेपाली समयअनुसार सवा ४ बजे हुने खेलमा अमेरिकासँग खेलेका यसअघिकै खेलाडीलाई टिममा राखिएको छ।

अमेरिकासँगको सिरिजको पहिलो खेल (हिजो) मा नेपालले पाँच विकेटले जित निकालेको थियो। यसअघि नेपालमै भएको लिग डिभिजन-२ अन्तर्गतकै खेलमा नेपाल ओमानसँग दुवै पटक हारेको थियो।

आईसीसीको एकदिवसीय (ओडीआई) मान्यता पाएयता नेपालले ओमानलाई हराउन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved