भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरूसँग पनि पनि भेटवार्ता गर्नेछन्।

क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेता पनि अमेरिका जाने र त्यही बेलामा उनीहरूबीच भेटवार्ता हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने बताइएको छ।

अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनालाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्ने तालिका सार्वजनिक गरिएको छ। यही २४ सेप्टेम्बरमा हुने सम्मेलनमा नेताहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ।

त्यसैगरी गत १२ मार्चमा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा पनि बैठकमा हुने जनाइएको छ। विश्वलाई नै प्रभावित पारेको कोरोना भाइरस महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरूले गर्नुपर्ने योगदानबारे पनि छलफल हुने समाचारहरूमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved