काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले आज जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो (सोमबार) भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरीयतामा सुधार आएको हो।
ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो। एकदिवसीयमा वरीयतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा छ। तेस्रो स्थानमा अष्ट्रेलिया छ।
भारत चाैथो स्थानमा छ भने क्रमशः दक्षिण अफ्रिका र पाकिस्तान पाँचाैं र छैटौं स्थानमा छन्। त्यसैगरी नेपालभन्दा मुनि १६ औं स्थानमा ओमान र १७ औं स्थानमा यूएई छ।
Facebook Comment
Comment