त्रिकोणात्मक क्रिकेट सिरिज

घरेलु टोली ओमानविरुद्ध खेल्दै नेपाल

अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानको सामना गर्दा जितको प्रष्ट लक्ष्यसहित मैदान उत्रनेछ।

नेपाल भ्यूज

घरेलु टोली ओमानविरुद्ध खेल्दै नेपाल

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत ओमानमा जारी क्रिकोणात्मक क्रिकेट सिरिजमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ।
दिउँसो सवा ४ बजे नेपालले ओमानसँग खेल्न लागेको हो।

अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानको सामना गर्दा जितको प्रष्ट लक्ष्यसहित मैदान उत्रनेछ। सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको नेपाल उच्च मनोबलसहित मैदानमा हुनेछ।

तर, ओमानसँगको नेपालको खेल इतिहाँस भने पक्षमा छैन। डिभिजन २ अन्तर्गत नै यसअघि खेलेका दुवै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो।

घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved