त्रिकोणात्मक क्रिकेट सिरिज

अमेरिकामाथि नेपालको जित, भुर्तेल र पौडेलको अर्धशतक

नेपालका लागि सोब, सन्दीप लामिछाने र सुशन भारीले २/२ विकेट लिए भने कुशल मल्लले एक विकेट लिए।

नेपालभ्युज

अमेरिकामाथि नेपालको जित, भुर्तेल र पौडेलको अर्धशतक

काठमाडौं। कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले अमेरिकामाथि ५ विकेटको जित दर्ता गरेको छ। सोमबार राति अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ५ विकेटको जित हात पारेको हो।

२३१ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ४९ औँ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टयो। नेपालका लागि अ‍ोपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ९३ बलमा समान ३/३ चौका र छक्का हिर्काए।

यस्तै चौंथो नम्बरमा ब्याटिङमा आएका रोहित पौडेलले पनि अर्धशतक बनाए। नट आउट रहेका उनले ८७ बलमा २ चौका र ३ छक्काको मद्दतमा ६२ बनाए। नेपालका लागि आसिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७ तथा विनोद भण्डारीले ३७ रन बनाए।

अमेरिकाका निसर्ग पटेल र नशतुस केन्जिगेले २/२ विकेट हात पारे। सौरभ नेत्रवल्करले १ विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनायो। उसका लागि मोनान्क पटेलले शतक प्रहार गरे।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ११४ बलमा ९ चौका र १ छक्काको मद्दतमा १०० रन बनाए। उनलाई विक्रम सोबले कुशल भुर्तेलमार्फत क्याच गराए।

नेपालका लागि सोब, सन्दीप लामिछाने र सुशन भारीले २/२ विकेट लिए भने कुशल मल्लले एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved