क्रियाशील सदस्यता वितरणदेखि वडाधिवेशनसम्म धाँधली भयो – पौडेल

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि वडाधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन्।

कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान विधि र पद्धितिलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाए।

नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भएको उनले आरोप लगाए। सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत कतिपय वडाधिवेशन भएको र त्यो आफूहरूलाई मान्य नहुने उनको भनाइ थियो।

पार्टीलाई लोकतन्त्रको बाटोबाट विचलित हुन नदिने प्रतिबद्धता जनाउँदै १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने पाडेलको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved