सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले आएन

नेपालभ्युज

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले आएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातर प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि सभामुख अग्नि सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक अहिले जारी छ।

संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ।

एमालले आफूले कारबाही गरेका नेता माधव नेपाललगायत १४ जना सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने बताउँदै आएको छ। आफूले कारबाही गरेका ती सांसदहरूको नामसहित सूचना टाँस्नुपर्ने, नभए राजीनामा दिनुपर्ने शर्त एमालले राख्दै आएको छ।

यिनै विषयका साथै संसद्मा जारी गतिरोध अन्त्यलगायत महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष तथा संसदीय दलका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ।

तर बैठकमा एमालेबाट कोही पनि सहभागी भएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved