सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने, देखाउन मात्रै बैठक राखेको प्रतिक्रिया

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले समस्या समाधान भन्दा पनि देखाउनको लागि बैठक राखेकाले उक्त बैठकमा उपस्थित नहुने बताए।

नेपाल भ्यूज

सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने, देखाउन मात्रै बैठक राखेको प्रतिक्रिया
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ। संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि बैठक बोलाएका छन्।

तर, एमालेले भने उक्त बैठक बहिस्कार गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले समस्या समाधान गर्न भन्दा पनि देखाउनको लागि बैठक राखेकाले उक्त बैठकमा उपस्थित नहुने बताए।

एमालेको माग आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना निकाल्नुपर्ने भएको भन्दै भट्टराईले उक्त माग पूरा नभएसम्म एमालेले सदनमा अवरोध पनि जारी राख्ने बताए। नेपाल भ्यूजसँग कुरा गर्दै उनले सभामुखले गल्ती नसच्याएसम्म एमालेले सहयोग नगर्ने पनि बताए।

सदनमा जारी अवरोध सभामुख सापकोटाका कारण भएको भन्दै भट्टराईले एमाले र सभामुखबीचको विवादमा सबै दलका नेतालाई राखेर समाधान ननिस्कने पनि बताए। उनले एमाले आफ्नो मागमा अडिग रहेको प्रष्ट पारे।

भट्टराईले सभामुख सापकोटाले एमाले फुटाउनका लागि भूमिका खेलेकाले एमालेले संसद् बैठकमा सभामुखको विरोध गरेको प्रष्ट पारे। भट्टराईले भने, ‘‘हाम्रो माग १४ सांसदलाई कारबाही गरेको सूचना आउनुपर्यो भन्ने हो। त्यो सूचना नआएसम्म सदनमा अवरोध जारी रहन्छ।”

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved