कांग्रेस महाधिवेशन

क्रियाशील सदस्यता विवादमा छलफल गर्न सानेपामा पौडेल पक्षको बैठक

नेपालभ्युज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षी नेताहरुको बैठक बोलाएका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पौडेलले बैठक बोलाएका हुन्।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन शुरु भए पनि क्रियाशील सदस्यता विवाद भने अझै निरुपण हुन सकेको छैन। आजको बैठकमा सोही विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

वडा तहको अभिवेशन शुरु भए पनि कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण २० जिल्लाको विवरण अझै सार्वजनिक गरिएको छैन। जसका कारण महाधिवेशनको कार्यतालिका नै संशोधन गरिएको छ।

यसअघि १८ देखि २५ भदौसम्म वडा अधिवेशनका लागि समय तोकिएको भए पनि ५७ जिल्लामा मात्रै अधिवेशन सकिएको छ। सभापति शेरबहादुर देउवाकै जिल्लामा विवादका बीच अधिवेशन भएको छ। बाँकी २० जिल्लाका लागि असोज ५ गतेलाई अधिवेशन तोकिएको छ।

यिनै विषयमा आजको बैठकमा छलफल गर्ने र आफ्नो समूहको रणनीति तयार गर्ने पौडेल पक्षको तयारी छ। डडेल्धुराको वडा अधिवेशनले महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved