एजेन्सी। घरेलु मैदान सान्टियागो बर्नबेउमा १८ महिनापछि फर्किएको स्पेनिस जायन्ट रियल मड्रिडले शानदार जित निकालेको छ।
करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले घरेलु मैदानमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।

बर्नबेउमा गएराति भएको खेलमा पाहुना टोली सेल्टा भिगोले चौंथो मिनेटमै मिना लोरेन्जोको गोलमार्फत रियलविरुद्ध अग्रता लिएको थियो । तर, खेलको २४ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए।
सेल्टा भिगोका लागि फेरि फ्रेन्को सर्विकले ३१ औं मिनेटमा अग्रता दिलाए। रियलका लागि दोस्रोपटक पनि बेन्जिमाले बराबरी गोल फर्काए। उनले दोस्रो हाफको पहिलो मिनेटमै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे।

त्यसपछि बेन्जिमाकै पासमा भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाए। खेलको ७२ औँ मिनेटमा एडुआर्डो कैमाविङ्गाले र खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक गोल गरे।
Facebook Comment
Comment