बंगलादेशले नेपाललाई बराबरीमा रोक्यो

नेपालभ्युज

बंगलादेशले नेपाललाई बराबरीमा रोक्यो

काठमाडौं । नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। दशरथ रंगशालामा आज (आइतबार) भएको दोस्रो अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले नेपाललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो।

बिहीबार नेपालसँग २-१ को हार बेहोरोको बंगलादेशले आज उत्कृष्ट प्रदर्शन गर्दै नयाँ इतिहास रचेको छ। नेपालले बंगलादेशसँग दोस्रोपटक बराबरी खेलेको हो। दुवै टोलीले आक्रमणका केही प्रयास बटुले पनि गोल गर्न सकेनन्।

बिहीबारको खेलमा नेपालका लागि दुवै गोल डेब्यू खेलाडीले गरेका थिए। खेलको १४ औँ मिनेटमा सबिता रानाले गोल गरेकी थिइन् भने २३ मिनेटमा प्रीति राईले थप एक गोल गर्दै नेपाललाई जिताएकी थिइन्।

आजको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको छैटौं मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रस पेनाल्टी बक्सबाट मोस्सामत सोप्नाले पाए पनि त्यसलाई गोल गर्न सकिनन्।  त्यस्तै नवौं मिनेटमा अमृता जैसीको भली प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले नियन्त्रणमा लिएकी थिइन्।

त्यस्तै १०औं मिनेटमा सरु लिम्बुको प्रहारलाई बंगाली गोलरक्षक चक्माले पञ्च गरेर बचाइन्। ३०औं मिनेटमा श्रीमोती सरकारको पेनाल्टी सरकारको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।

त्यस्तै ६७औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको फ्रिकिकलाई नेपाली गोरलक्षक अन्जना रानामगरले सजिलै नियन्त्रणमा लिन सफल भइन्।

नेपाली महिला फुटबल टिम अर्को हप्ता उज्वेकिस्तानमा हुने एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ। सो प्रतियागिताको तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशी महिला फुटबल टिमलाई मैत्रीपूर्ण खेलको लागि बोलाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved