वैचारिक खँडेरी भयो, कम्युनिष्ट आन्दोलनबारे बहस गर्नुपर्छ – प्रचण्ड

नेपालभ्युज

वैचारिक खँडेरी भयो, कम्युनिष्ट आन्दोलनबारे बहस गर्नुपर्छ – प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनबारे बहस गर्नुपर्ने बेला आएको बताएका छन्।

आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले अहिले वैचारिक खँडेरी परेको बताए।

अहिलेको परिस्थितिमा आएको आवश्यकताको नाममा मार्क्सवादलाई गलत दिशातर्फ लैजान खोजिएको प्रचण्डको भनाइ थियो। माओवादी आन्दोलनबाट धेरै उपलब्धि प्राप्त भएको भन्दै कसलै यसलाई अवमूल्यन् गर्न नसक्ने प्रचण्डले तर्क गरे।

नेपालको कम्युनिष्ट एकता एउटा प्रयोग भएको उनको भनाइ थियो। माओवादीले ओली नेतृत्वको एमालेसँग एकता गरेको र अहिले पार्टी विभाजन हुँदा ज्ञान प्राप्त गरेको पनि प्रचण्डले बताए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीहरू विदेशीसामु लम्पसार पर्ने गरेका आरोप लगाए। कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिइसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिष्ट पार्टीहरूले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्नेमा नेपालले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved