अवरोध हटाउन सभामुखले थाले एमालेसँग छलफल

नेपालभ्युज

अवरोध हटाउन सभामुखले थाले एमालेसँग छलफल
फाइल तस्वीर

काठमाडौं। संसद्को अवरोध हटाउन सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेका छन्।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी र चन्दा चौधरीको वार्ता टोलीसँग सभामुख सापकोटाले छलफल थालेका हुन्। छलफलमा नेपाली कांग्रेसका नेता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी छन्।

एमालेले १४ सांसद्लाई निष्काशन गरेकोमा त्यसलाई सभामुखले मान्यता नदिएको भन्दै संसद् अवरोध गर्दै आएको छ। आइबार पनि सभामुख सापकोटाविरुद्ध नाराबाजी गर्दै एमालेले संसद् अवरोध गरेपछि १५ मिनेट बैठक स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved