संसद् बैठकमा एमालेको अवरोध जारी

नेपाल भ्युज

संसद् बैठकमा एमालेको अवरोध जारी
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेको छ। संसद् भवन नयाँबानेश्वरमा बैठक सुरु भएलगत्तै एमालेले नाराबाजी शुरु गरेको छ।

एमाले फुटाउनका लागि सरकारले अध्यादेश ल्याएको र सभामुख अग्निप्रसाद सापकोटाले फुटलाई सघाएको आरोप लगाउँदै एमालेले सदन अवरुद्ध पारेको हो। बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले सभामुख र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

एमालेले १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेर सभामुख सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले जवाफ माग गरेको थियो। सभामुखबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै एमालेले सदनमा अवरोध जारी राखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved