बालुवाटारमा सत्ता गठबन्धनको बैठक

गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।

नेपालभ्युज

बालुवाटारमा सत्ता गठबन्धनको बैठक
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक केही बेरमा बस्दैछ। प्रधानामन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो।

गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेल सहभागी हुनेछन्।

सरकार गठन भएको दोस्रो महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनको बैठक भने निरन्तर चलिरहेको छ। आजको बैठकमा पनि सरकारलाई पूर्णता दिने विषयमा छलफल हुन बताइएको छ।

नयाँ सरकार बनेपछि संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको सरकारले अहिले संसद्को अधिवेशन त बोलाएको छ। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद् सहज भने बन्न सकेको छैन।

सरकारले एमाले फुटाउनकै लागि अध्यादेश ल्याएको र सभामुख अग्नि सापकोटाले एमालेले १४ सांसदमाथि गरेको कारबाहीको सूचना ननिकालेर विभाजनलाई सघाएको भन्दै एमालेले संसद्मा अवराेध खडा गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved