पेरु क्रान्तिका नेता ‘क.गोन्जालो’को निधन

गोन्जालो नेतृत्वको क्रान्तिले गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो।

नेपालभ्युज

पेरु क्रान्तिका नेता ‘क.गोन्जालो’को निधन

काठमाडौं। जेल बसेको २९ वर्षमा पेरु क्रान्तिका नेता क.गोन्जालो अर्थात् अबिमेल गजम्यानको निधन भएको छ। सैनिक जेलमै रहेको अवस्थामा गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको जन्म सन् १९३४ मा पेरुको दक्षिणी तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो। उनको नेतृत्वमा सन् १९९० को दशकमा पेरुमा सशस्त्र जनयुद्ध सुरु भएको थियो।

गोन्जालो नेतृत्वको क्रान्तिले गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो। साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो।

तर, सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परे। उनीसहित दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परे। गोन्जालोलाई आजीवन काराबासको सजाय सुनाएर सैनिक जेलमा थुनिएको थियो।

गोन्जालो १९९२ देखि सैनिक जेलमै रहेका थिए। पेरुमा सन् १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारभन्दा बढीको ज्यान गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved