‘सुत्न नदिने सपना’ले बनेका रोनाल्डो

तर सपना देख्नु र पूरा गर्न सक्नु दुई फरक कुरा हुन्। सपना सबैको साकार हुँदैनन्। त्यसका लागि दृढ संकल्प, कडा मिहिनेत र लगन चाहिन्छ। जसको पर्याय हुन्ः रोनाल्डो। जसले आफूले देखेको सपना साकार पारिछाडे।

‘सुत्न नदिने सपना’ले बनेका रोनाल्डो

काठमाडौं। गत जुनमा युरोपभरि युरोकपको बहार चलिरहँदा डिफेन्डिङ च्याम्पियन पोर्चुगल पहिलो खेलमा हंगेरीको सामना गर्ने तयारीमा थियो। खेलको अघिल्लो दिन पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो पत्रकार सम्मेलनमा आए।

आउनेबितिकै टेबलमा राखिएको पेय पदार्थ कोकाकोलाको बोतल हँटाउदै उनले भने, “पानी, कोकाकोला होइन।” एकछिनमै यो भिडियो भाइरल भयो।

उनको यो एउटा सानो कार्यले भोलिपल्ट शेयर बजारमा कोकाकोलाको “ब्राण्ड भ्यालू” करिब ४ बिलियन अमेरिकी डलरले घटेको भन्दै अन्तर्राष्ट्रिय मिडियामा छ्यापछ्याप्ती समाचार आए। रोनाल्डोको एउटै कामले दुनियाँ चकित भयो।

१२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपालीमा एउटा भनाइ छ। यसै हप्ता रोनाल्डो पनि १२ वर्षपछि आफ्नो पुरानै क्लब म्यान्चेष्टर युनाइटेड (म्यानयू) फर्किए।

इटालियन क्लब यूभेन्टसबाट उनी इङ्लिस प्रिमियर लिगको टिम म्यानयू आएलगतै शेयर बजारमा युनाइटेडको मूल्य एकैपटक २९३ मिलियन अमेरिकी डलरले बढ्यो।

यी दुई घटना पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डाको क्षमता मापकको प्रतिनिधि घटना मात्र हुन्। फुटबलमा मात्र होइन, फुटबलबाहिर पनि उनी संसार हल्लाउने तागत राख्छन् भन्ने यसैले पुष्टि गर्‍यो।

रोनाल्डोले भन्ने गरेका छन्, “तिमी सुतेपछि जे देख्छौ त्यो सपना होइन, सपना त त्यो हो जसले तिमीलाई सुत्न दिँदैन” उनी  आफूलाई सुत्न नदिने यही सपनाको पछि लागे, सपना थियोः संसारकै उत्कृष्ट फुटबल खेलाडी बन्ने।

तर सपना देख्नु र पूरा गर्न सक्नु दुई फरक कुरा हुन्। सपना सबैको साकार हुँदैनन्। त्यसका लागि दृढ संकल्प, कडा मिहिनेत र लगन चाहिन्छ। जसको पर्याय हुन्ः रोनाल्डो। जसले आफूले देखेको सपना साकार पारिछाडे।

गरिबीकै कारण उनकी आमाले रोनाल्डो पेटमा भएका बेला झण्डै गर्भपतन समेत गराएकी थिइन्। पतिको जड्याहा बानी र धेरै बच्चाका कारण उनी गर्भपतन गराउन अस्पतालसमेत पुगिन्, तर डाक्टरले त्यसो गर्न मानेनन् र रोनाल्डो नजन्मिँदै मर्नबाट बचें। धन्यवाद ती डाक्टरलाई, जसले विश्व फुटबलकै महान् हस्तीलाई मर्नबाट जोगाए।

कठिन बाल्यकाल

रोनाल्डोको जन्म एक गरिब परिवारमा भएको थियो। सन् १९८५ फेब्रुअरी ५ तारिखमा मडेइरा टापुको सान पेड्रो भन्ने ठाउँमा परिवारको चौथो बच्चाको रूपमा उनले धर्ती टेके। मडेइरा टापु पोर्चुगलको नक्सामै देखिँदैन। वास्तवमा रोनाल्डोको जन्मस्थान मडेइरा टापु पोर्चुगलको मुख्य भूमिमा पनि पर्दैन। यो टापुलाई पोर्चुगलले आफ्नो भनेर दाबी मात्र गरेको छ।

सायद धेरैलाई थाहा नहोला रोनाल्डोका पूरा नाम क्रिष्टियानो रोनाल्डो डोस सान्तोस अभेइरो हो। उनको नाम रोनाल्डो रहनमा पनि रमाइलो प्रसङ्ग छ।

रोनाल्डोको जन्मेको समयमा अमेरिकामा तत्कालीन ४० औं राष्टपति रोनाल्ड रोगानले भर्खर दोस्रो कार्यकालका लागि पनि पद सम्हाल्ने बाचा गरेका थिए। रोनाल्डकै नामबाट प्रभावित हुँदै उनका बाबुले उनको नाम ‘रोनाल्डो’ राखेका थिए।

पूर्वसैनिक उनका बाबु मालिकको काम गर्थे भने आमा भान्छेको। सानो घर भएका कारण एक दाजु र दुई दिदीहरूसँगै एउटै कोठामा सुत्थे। उनको बाल्यकाल असीम गरिबीमा बित्यो।

गरिबीकै कारण उनकी आमाले रोनाल्डो पेटमा भएका बेला झण्डै गर्भपतन समेत गराएकी थिइन्। पतिको जड्याहा बानी र धेरै बच्चाका कारण उनी गर्भपतन गराउन अस्पतालसमेत पुगिन्, तर डाक्टरले त्यसो गर्न मानेनन् र रोनाल्डो नजन्मिँदै मर्नबाट बचें। धन्यवाद ती डाक्टरलाई, जसले विश्व फुटबलकै महान् हस्तीलाई मर्नबाट जोगाए।

सोचौं उनले त्यसबेला त्यसो नगरेको भए विश्व फुटबलमा कत्रो क्षति हुन्थ्यो।

फुटबल नै पढाइ

प्राथमिक विधालयमा भर्ना भएदेखि नै उनलाई पढाइमा रुचि थिएन। न त गृहकार्य नै गर्थे। त्योभन्दा बढी उनलाई आफ्नो बाबुको काममा सघाउन रुचि थियो। जसले मडेइरा टापुका स्थानीय एन्डोरिना फुटबल क्लबमा पोशाक व्यवस्थापकको काम थालेका थिए। जसले रोनाल्डोको फुटबल प्रतिको लगावलाई सानैदेखि बढायो। उनको लगन देखेर आठ वर्षको उमेरमा नै सोही एन्डोरिना फुटबल एकेडेमीले उनलाई अनुबन्ध गर्‍यो।

यसपछि उनका बाबुकै निगरानीमा रोनाल्डाको फुटबलको जग बस्यो। करिब ३ वर्षपछि क्लब नासिओनलमा गएर खेल्न थालेपछि उनमा रहेको विशेष प्रतिभा उजागर हुन थाल्यो।

१२ वर्षको उमेरमै उनले कठोर निर्णय गरे। घरको गरिबी हटाउन र आफ्नो फुटबलको क्षमता विकास गर्न घर छाड्दै उनी पोर्चुगलको राजधानी लिस्बनतर्फ लागे।

व्यावसायिक करिअर

१२ वर्षमै रोनाल्डोको प्रतिभालाई चिन्दै पोर्चुगलको सफलमध्ये एक क्लब स्पोर्टिङ् लिस्बनले १५ सय पाउण्डमा उनलाई टिममा आबद्ध गर्‍यो। यहीबाट गरिबीमा रुमल्लिरहेका उनको जीवनले व्यावसायिक करिअरतर्फ फड्को मार्‍यो।

तर २ वर्षपछि उनमा मुटुको धड्कन बढ्ने समस्या देखियो। जसले गर्दा उनले फुटबललाई पूर्ण  रूपमा छाड्नु पर्नेसम्म हुनसक्थ्यो। तर मुटुको शल्यक्रियापछि उनको रोग ठीक भयो। यसपछि युवा टिम हुँदै सन् २००२ मा रोनाल्डोले १७ वर्षमै स्पोर्टिङ् लिस्बनको सिनिअर टिमबाट पोर्चुगिज लिगमा डेब्यू गरे। यसपछि उनले जिन्दगीलाई फर्केर हेर्नुपरेन।

एक सिजन लिस्बनको सिनिअर टिमबाट खेलेपछि नै बार्सिलोना, लिभरपुल र आर्सनलजस्ता युरोपका ठूला क्लबले उनीमाथि आँखा लगाइसकेका थिए। तर सन् २००३ मा इङ्लिस प्रिमियर लिग म्यान्चेष्टर युनाइटेडले रोनाल्डाेलाई भित्र्यायो।

सर्वोत्कृष्ट फुटबल खेलाडीमा नाम दर्ता

म्यान्चेष्टर युनाइटेडले नै उनलाई स्टार बनायो। सन् २००७-०८ सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेपछि सन् २००८ मा फिफा बालोन डी’ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जिते।

यसपछि शुरु भएको रोनाल्डो र अर्का स्टार अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीबीच को महान् भनेर गरिने तुलना अहिलेसम्म पनि कायमै छ।
रोनाल्डोले करिअरमा पाँच पटक फिफा बालोन डी’ओर उपाधि जितेका छन्।

तर २ वर्षपछि उनमा मुटुको धड्कन बढ्ने समस्या देखियो। जसले गर्दा उनले फुटबललाई पूर्ण  रूपमा छाड्नु पर्नेसम्म हुनसक्थ्यो। तर मुटुको शल्यक्रियापछि उनको रोग ठीक भयो। यसपछि युवा टिम हुँदै सन् २००२ मा रोनाल्डोले १७ वर्षमै स्पोर्टिङ् लिस्बनको सिनिअर टिमबाट पोर्चुगिज लिगमा डेब्यू गरे। यसपछि उनले जिन्दगीलाई फर्केर हेर्नुपरेन।

यसअघि सन् २००३ देखि २००९ सम्म म्यान्चेष्टर युनाइटेड बस्दा रोनाल्डोले १९६ खेलमा ८४ गोल गरेका थिए। जहाँबाट उनले तीन पटक प्रिमियर लिग र एक पटक च्याम्पियनस् लिगसहित ९ उपाधि जिताएका थिए।

सन् २००९ मा युनाइटेड छाडेर ९४ मिलियन युरोमा रियल मड्रिड जाँदा त्यो समयसम्मको सर्वाधिक महँगो खेलाडी ट्रान्सफर बन्यो। उनको रियलको बसाइ झनै सुखद् रह्यो।

नाै वर्ष रियल मड्रिडमा रहँदा उनले १५ उपाधि जिते। जसमा दुई ला लिगा र चार च्याम्पियनस् लिग सामेल छ। साथै रियल मड्रिडबाटै चार फिफा बालोन डी’ओर उपाधि पनि थपे। रियल मड्रिडमा २९२ खेलमा ३११ गोल गर्दौ उनी मड्रिडका सर्वाधिक गोलकर्ता बने।

३३ वर्षको उमेरमा सन् २००९ मा इटालियन क्लब यूभेन्टस गएपछि पनि उनको रफ्तार घटेन। ३ वर्ष यूभेन्टसमा रहँदा ९८ खेलमा ८१ गोल गरे र २ इटालियन घरेलु लिग सिरि एसँगै ५ उपाधि यहाँ पनि उचाले।

गोल मेसिन उपाधि पाएका रोनाल्डाको हालसम्मको करिब १९ वर्षीय करिअरमा करिब ३२ उपाधि सामेल छ। व्यक्तिगत उपाधि पनि २८ भन्दा बढी छ।

यसै सिजन यूभेन्टसबाट रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेष्टर युनाइटेड नै फर्किएका छन्। म्यानयूमा उनले शनिबार (सेप्टेम्बर ११) मा जारी इङ्लिस प्रिमियर लिगको आफ्नो डेब्यू खेलमा न्यू क्यासलविरुद्ध दुई गोल गर्न सफल भए।

राष्ट्रिय टिमबाट पनि उनको योगदान कम छैन। सन् २००३ मा १८ वर्षको उमेरमा डेब्यू गरेपछि हालसम्म खेलेका १८० खेलमा १११ गोल गरेका छन्। पोर्चुगलको राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् उनी।

यसै हप्ता रोनाल्डोले कुनै पनि राष्टिय टिमबाट सर्वाधिक गोल गर्ने रेकर्ड पनि तोडे। इरानका अलि दाइको नाममा रहेको १०९ गोलको रेकर्ड उनले तोडेका हुन्।

उनकै कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरोकप र युएफा नेसन्स् लिगको उपाधि जित्यो। आफूलाई सुत्न नदिने सपना पछ्याउँदै यहाँसम्म आइपुग्दा रोनाल्डो संसारकै सर्वोउत्कृष्ट फुटबल खेलाडीमध्ये एक बनिसके। तर यो सफलताका बाबजुद ३६ वर्षको उमेरमा पनि उनको सपनाको उडान रोकिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved