सिन्धुपाल्चोक र ताप्लेजुङमा नेकपा (एस) को जिल्ला कमिटी घोषणा

नेपालभ्युज

सिन्धुपाल्चोक र ताप्लेजुङमा नेकपा (एस) को जिल्ला कमिटी घोषणा

सिन्धुपाल्चोक। नेकपा एकीकृत समाजवादी पार्टी नेकपा (एस) ले सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरेको छ। एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

स्थायी कमिटी सदस्य वेदुराम भुसालको उपस्थितिमा सिन्धुपाल्चोकमा एकीकृत समाजवादीले जिल्ला कमिटी घोषण गरिएको हो। जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू रहे पनि उनीहरूले निर्वाचन कार्यलयमा सनाखत भने गरेका छैनन्।

समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ। संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन्। जिल्ला कमिटी १ सय ५१ सदस्यीय हुनुपर्नेमा अन्य सदस्यपछि चयन गरिने संयोजक सापकोटाले जानकारी दिए।

यस्तै एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि देशलाई विदेशी शक्तिकेन्द्रको क्रीडास्थल बनाएको आरोप लगाएको छ। आफूलाई सच्याउन तयार हुनुपर्नेमा ओलीले कम्युनिष्ट पार्टीलाई विभाजन गरेर निहित स्वास्थ पूरा गर्ने बाटो रोजेको एकीकृत समाजवादीको आरोप छ।

यस्तै ताप्लेजुङमा पनि नेकपा एसले जिल्ला कमिटी गठन गरेको छ। छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो।

ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ। सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved