एमसीमीविरुद्ध वीरगन्जमा पनि र्‍याली

नेपालभ्युज

एमसीमीविरुद्ध वीरगन्जमा पनि र्‍याली

वीरगन्ज। नेकपा एमालेले बनाएको युवा दस्ता आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगन्जमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हितविपरीत रहेको भन्दै शनिबार नाराबाजीसहित आईटी आर्मीले र्‍याली निकालेको हो। आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगन्जमा युवाहरूले प्रदर्शन गरेका हुन्।

‘देश बेच्न पाइँदैन एमसीसी चाहिँदैन,’ राष्ट्रिय स्वाधीनताको रक्षा गर’, ‘राष्ट्रघाती एमसीसी फिर्ता गर,’ ‘राष्ट्रिय एकता जिन्दावाद, राष्ट्रघाती एमसीसी मुर्दावाद’, ‘स्वतन्त्रता हनन गर्न पाइँदैन, कठपुतली सरकार चाहिँदैन’, ‘गो ब्याक एमसीसी’, ‘रिजेक्ट एमसीसी’ लगायत नारा उनीहरूले लगाएका थिए।

आजै सम्पन्न आईटी आर्मीको वीरगन्ज महानगर भेलाले महम्मद रेहान इब्राहिमको संयोजकत्व तथा मखन पटेलको सह-संयोजकत्वमा महानगर कमिटी गठन पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved