एमाले बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित

नेपालभ्युज

एमाले बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपराह्न ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ। शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो। अब आजै अपराह्न ३ बजे फेरि बस्नेछ’, उनले भने।

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ। यसबारे निर्णय लिन फेरि अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved