सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

नेपालभ्युज

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा
फाइल फाेटाे

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच बैठक हुन लागेको हो।

सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत सरकारले पूर्णता पाउन नसकेपछि प्रधानमन्त्री देउवाले सोही विषयमा छलफलका लागि गठबन्धनका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका देउवाको सचिवालयले जनाएको छ।

देउवाले बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेललाई बिहान नौ बजेका लागि बोलाएका हुन्।

आजको बैठकमा मन्त्रालय बाँडफाँडलाई टुंग्याउने र सरकारलाई पूर्ण दिने विषयमा नै केन्द्रित रहेर छलफल हुने बताइएको छ। बैठकमा संसद्मा भइरहेको अवरोध र अबको रणनीतिका विषयमा पनि छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved