आजको मौसम

देशभर सामान्य बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालभ्युज

देशभर सामान्य बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं। अहिले नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

आज दिनभर देशको धेरै स्थानमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार भोलि शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२६ भदौ आइतबार पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved