काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन स्थगत गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार रिट खारेज गरेको हो। बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं कांग्रेसका महासमिति सदस्य नरोत्तम बैद्यले महाधिवेशन रोक्न माग गर्दै यही १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए। २० गते प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा पुगेको पेशी हेर्न नभ्याइने सूचीमा रहेको थियो।
२१ गते न्यायधीश प्रकाशमान सिंह राउतले पनि हेर्न भ्याएका थिएनन्। २३ गते बेन्च बस्न भ्याएन। बिहीबार न्यायाधीश सिन्हाको इजलासले रिट खारेज गरेको रिट निवेदक बैद्यले जानकारी दिए ।
“कोभिड–१९ को महामारीका बेलामा पहिलो प्राथमिकता भ्याक्सिनको हो”, उनले भने, “यो बेला महाधिवेशन गर्नु ठीक होइन, त्यसैले महाधिवेशन केही समय रोक्न रिट हालेको थिएँ, आज अदालतले त्यो खारेज गरिदियो।” कांग्रेसले मंसिर ९ देखि १३ गते सम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।
Facebook Comment
Comment