सत्तारुढ गठबन्धन बैठक

मन्त्रिपरिषद् विस्तार अझै अन्योल, जुटेन सहमति

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार अझै अन्योल, जुटेन सहमति

काठमाडौं। सत्तासाझेदार दलबीच मन्त्रिपरिषद् विस्तारका विषयमा अझै सहमति हुन सकेन।

गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकबारे जानकारी दिँदै राष्ट्रिय जनर्मोचाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनका नेताहरू अनुपस्थित भएपछि भोलि बिहान ९ बजे बैठक बस्ने गरी बैठक स्थगित भएको छ। बैठकमा एमसीसी र मन्त्रिपरिषद् विस्तारको विषयमा अनौपारिक छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको थियो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा अनुपस्थित थिए।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए।

मन्त्रिपरिाषद् विस्तार गर्ने विषयमा दलहरूबीच पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। सत्तासाझेदार दलहरूबीच मन्त्रालय भागबण्डामा कुरा मिल्न सकेको छैन। नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको थियो।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महत्वपूर्ण केही मन्त्रालय दाबी गरेपछि सत्तारुढ दलबीच सहमति जुटाउने प्रयास भइरहेको छ। आजै मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवसँग सामूहिक छलफल गरेका थिए।

देउवा प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved