कोरोना अपडेट

१२ सय ७१ संक्रमित थपिए, १४ जनाको मृत्यु

नेपालभ्युज

१२ सय ७१ संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा करिब १२ हजार जनामा गरिएको कोरोना परीक्षणमा १ हजार २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचनाअनुसार बितेको एक दिनमा ८ हजार ८ सय ९८ जनामा पिसिआर र ३ हजार ४६ जनामा एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।

यही समयमा थप १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको हो। अझै पनि देशभर २८ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा समावेश छ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म १० हजार ९ सय ३ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ३५ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भइसकेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved