कांग्रेस सभापति र वरिष्ठ नेताबीच छलफल

नेपालभ्युज

कांग्रेस सभापति र वरिष्ठ नेताबीच छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पाडेलले आज बिहान छलफल गरेका छन्। पार्टीको महाधिवेशनको प्रक्रिया शुरु भएपछि देउवा र पौडेलबीच छलफल भएको हो।

हिजो बुधबार मात्रै उपसभापति विमलेन्द्र निधिले देउवासँग भेटेर केही जिल्लाको विवाद तत्काल समाधान गर्न आग्रह गरेका थिए। निधिले केन्द्रीय समिति बैठक गरेर तनहुँका नेता गोविन्दराज जोशीसहितका नेतामाथि भएको कारबाही फिर्ता हुनुपर्ने माग गरेका थिए।

जोशीको कारबाही वरिष्ठ नेता पौडेलसँग जोडिएकाले उनी आज त्यस सम्बन्धमा देउवा र पौडेलबीच कुराकानी भएको हो। दुई नेताबीच पार्टीको महाधिवेशन, सरकार सञ्चालनसहित समसामयिक राजनीतिबारेमा छलफल भएको बतााइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved