दोर्दीको उत्पादन असोज दोस्रो सातादेखि

नेपालभ्युज

दोर्दीको उत्पादन असोज दोस्रो सातादेखि
फाइल तस्वीर, दोर्दीखोला जलविद्युत् आयोजना।

काठमाडौं। निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो सातादेखि विद्युत् उत्पादन गर्ने भएको छ।
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको यो आयोजनाको काम हालसम्म ९९ प्रतिशत सकिएको छ। मेकानिकल तर्फ एक प्रतिशत हाराहारी काम बाँकी भएकाले दशैं अगावै विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। असोज दोस्रो सातासम्म विद्युत्को परीक्षण उत्पादन हुने आयोजना साइटका इञ्चार्ज दीपक ज्ञवालीले बताए।

उनका अनुसार आयोजनाको बाँधस्थल, विद्युत् गृह, सुरुङ मार्ग, पाइपलाइन विछ्याउने लगायतका सबै काम सकिएको छ। आयोजनाको पावरहाउस बेँसीशहर नगरपालिका–११ स्थित रामचोक बेँसीमा छ। २०७२ फागुनमा निर्माण आरम्भ गरेको आयोजनाले २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो।

नाकावन्दी, गता वर्ष विद्युत् गृहमा बाढीले पु¥याएको क्षति, सुरुङ निर्माणका क्रममा भेटिएको कमजोर चट्टान, कोरोना संक्रमण जस्ता कारणले निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ। यसपटक पनि गत असार पहिलो साताको बाढीले पनि आयोजनाको निर्माणस्थलमा क्षति पु¥याएको थियो।

आयोजनाको निर्माण लागत चार अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा निर्माण अवधि लम्बिएपछि लगानी पनि थपिएको छ। निर्माण सकिदा लागत चार अर्ब ६४ करोड हाराहारी पुग्ने आयोजनाको अनुमान छ। यो आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५ दशमलव सात लगानी छ। त्यसैगरी आइएमई ग्रुपको ३४ दशमलव तीन र बाँकी ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved