अवरोधकै बीच गृहमन्त्रीले सदनमा पेस गरे राजनीतिक दलसम्बन्धी अध्यादेश

नेपाल भ्युज

अवरोधकै बीच गृहमन्त्रीले सदनमा पेस गरे राजनीतिक दलसम्बन्धी अध्यादेश
फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश दोस्रो संशोधन अध्यादेश पेस गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच दिनमा बसेको तेस्रो बैठकमा गहृमन्त्री खाँडले अध्यादेश पेस गरेका हुन्।

गृहमन्त्री खाँडले अध्यादेश पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन्। उनले प्रतिनिधिसभाको अर्को बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेका लागि बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved