देशभर थप १६४० जनामा कोरोना संक्रमण

नेपालभ्युज

देशभर थप १६४० जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा बुधबार थप १ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ।

देशभर गरिएको ९ हजार ७६७ पिसिआर परिक्षणका क्रममा १ हजार ३४७ र ३ हजार ६८८ एन्टिजेन परिक्षणका क्रममा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५९ हजार ५३५ पुगेको छ।

कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण हालसम्म १० हजार ८ सय ८९ जनाको मृत्यु भएको छ।

त्यस्तै, २ हजार १६१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३३ हजार १६१ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल २९ हजार ४७९ सक्रिय संक्रमित आइशोलेशन र २५६ जना क्वारेन्टाइनमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved