शेयर बजार निरन्तर ओरालो, घट्दै कारोबार

साताको पहिलो दिन नै ऐतिहासिक अंकले घटेको शेयर बजारमा सोमबार ऐतिहासिक अंकले ‘करेक्सन’ देखिएको थियो। तर मंगलबारदेखि नेप्से परिसूचक पुनः ओरालो लाग्दै गएको हो।

नेपाल भ्युज

शेयर बजार निरन्तर ओरालो, घट्दै कारोबार
फाइल तस्वीर

काठमाडौं। शेयर बजार बुधबार पनि घटेको छ। मंगलबार ४४.१८ अंकले घटेर नेप्से परिसूचक दुई हजार ९३६.६० बिन्दुमा झरेकोमा बुधबार ६०.०२ अंकले घटेर दुई हजार ८७६.५९ बिन्दूमा पुगेर बजार बन्द भएको छ।

साताको पहिलो दिन नै ऐतिहासिक अंकले घटेको शेयर बजारमा सोमबार ऐतिहासिक अंकले ‘करेक्सन’ देखिएको थियो। तर मंगलबारदेखि नेप्से परिसूचक पुनः ओरालो लाग्दै गएको हो।

आज ७४ हजार ८९० पटकमा १ करोड ६१ लाख कित्ता शेयर खरिद बिक्री भएको छ।

लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर ६.०६ तथा गुडविल फाइनान्सको ५.४७ र एनआईबीएल समृद्धिको ५.३३ प्रतिशतले घटेको छ। यसैगरी, सानिमा लाइफ इन्सोरेन्सको शेयर १० प्रतिशतले बढेकोमा एक्सेल विकास बैंकको ८.६० र रूरू हाइड्रोपावरको ८.३३ प्रतिशतले शेयर बढेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत १२ करोडसम्मको मात्रै मार्जिन कर्जाको व्यवस्था गरेपछि बजारमा त्यसको उच्च प्रभाव परेको छ। मार्जिन कर्जाको सीमा विवादका कारण लगानीकर्तामा बजारले कुन दिशा लिन्छ भन्ने अन्योलता देखिएपछि कारोबार दिन प्रतिदिन घट्दै गएको छ।

पर्ख र हेरको अवस्थाले गर्दा बुधबार शेयर कारोबार ६ अर्ब ६४ करोड ६६ लाखमा खुम्चिएको छ। मंगलबार अघिल्लो दिनको तुलनामा २ करोड ३३ लाखले घटेर ७ अर्ब ४९ करोड ५८ लाखमा कारोबार खुम्चिएको थियो।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved