संस्कृतिसँगै प्रकृति जोगाउन भक्तपुरको चित्तपोलमा वृक्षरोपण

हरेक वर्ष ‘भाद्र शुक्ल द्वितिया’ को दिन काठमाडौं उपत्यकामा मनाइने ‘ययाँः पुन्हि’ को इन्द्रध्वजोत्थान गर्न भक्तपुरको चित्तपोलबाट विधिपूर्वक सल्लाको रुख काटी हनुमानढोका दरबार परिसरमा ल्याउने चलन छ।

नेपालभ्युज

संस्कृतिसँगै प्रकृति जोगाउन भक्तपुरको चित्तपोलमा वृक्षरोपण

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाको चित्तपोलस्थित सल्लाघारीमा वृक्षरोपण गरिएको छ।

नेपाली सेनाको शार्दुलजंग गुल्म (गुरुज्यूको पल्टन)को आयोजनामा बुधबार १०० बोट सल्ला र २५ बोट मसला, २५ बोट धुपी, २० बोट कपुर र १५ बोट पारिजात गरी जम्मा १८५ बोट बिरुवा वृक्षरोपण गरिएको हो।

काठमाडौं महानगरपालिका र सूर्यविनायक नगरपालिकाको संरक्षकत्वमा ‘भविष्यसहित सांस्कृतिक परम्परा’को भावनासहित ‘ययाँः जात्रा’को ‘यःसिं पालेगु’ दिनको शुभ साइतमा वृक्षरोपण गरिएको हो।

काठमाडौं उपत्यकामा मनाइने ‘ययाँः पुन्हि’ को पूर्वार्द्धमा सम्पन्न गरिने ‘यःसिं थनेगु’ इन्द्रध्वजोत्थान गर्न परापूर्व कालदेखि नै भक्तपुरको यही सल्लाघारीबाट सल्लाको रूख ल्याउने चलन रहेको छ। हरेक वर्ष ‘भाद्र शुक्ल द्वितिया’ को साइतमा विधिपूर्वक सल्लाको रूख काटी हनुमानढोका दरबार परिसरमा ल्याई ईन्द्रध्वत्सव मनाउने गरिन्छ।

उक्त जंगलमा रहेका सल्लाका रूखहरू कटान भइरहँदा सो जंगल पातलिँदै गएको कारण भविष्यमा सम्पदा नै जोगाउन मुश्किल हुने सम्भावना रहेकोले वृक्षरोपण गरिएको शार्दुलजंग गुल्म (गुरुज्यूको पल्टन)का गुल्मपति सेनानी अशिम श्रेष्ठले जनाए।

वृक्षरोपणमा शार्दुलजंग गुल्मका गुल्मपति सेनानी असीम श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, लिङ्गा गुठी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, केन्द्रीय मानन्धर संघका प्रतिनिधिहरू, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनाल, इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरू, नेपाल स्काउट, स्थानीय संघ संस्था, संस्कृति अभियन्ताहरू सहभागी थिए।

तस्वीहरू : रन्जनलाल श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved