संघीय संसद्‍मा आजबाट दुई नयाँ दलको प्रवेश

दुवै दलको आग्रहअनुसार सिट व्यवस्थापन

नेपालभ्युज

संघीय संसद्‍मा आजबाट दुई नयाँ दलको प्रवेश

काठमाडौं। नवौँ अधिवेशन शुरु भएसँगै बुधबारबाट दुई वटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा (एमाले) र जसपा नेपाल विभाजित भएका थिए।

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन्।

“दुई नयाँ पार्टी थपिएकाले संघीय संसद् भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,” संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, “एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ।”

उनका अनुसार सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रहअनुसार नै गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved