जाजरकोटका १० जनप्रतिनिधि एकीकृत समाजवादीतिर

नेपालभ्युज

जाजरकोटका १० जनप्रतिनिधि एकीकृत समाजवादीतिर
फाइल तस्वीर

जाजरकोट। जाजरकोटमा दुई जना वडाध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। दल रोज्न पाउने अन्तिम दिन हिजो मंगलबारसम्म जाजकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन्।

जाजरकोटका सात स्थानीय तहमध्ये तीन स्थानमा एमालेले प्रमुख पद जितेको थियो। एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरूमा छेडागाड नगरपालिका-१ का अध्यक्ष गणेशप्रसाद जैसी र २ नम्वरका अध्यक्ष बालकृष्ण बुढा छन्।

त्यस्तै छेडागाड-१ कै कार्यपालिका सदस्य गोरी कामी, सदस्य बीरबहादुर बुढाले एकीकृत समाजवादी रोजेका हुन्। वडा नम्बर-२ की सदस्य कौशिला सुनार, साउनी बुढा पनि एमाले त्यागेर समाजवादीमा गएका छन्।

छेडागाड नगरपालिका-५ का वडा सदस्य रामप्रसाद जैसी, छेडागाड नगरपालिका-६ बाट कार्यपालिका सदस्य चन्द्री रावत, वडा नम्बर-९ बाट कार्यपालिका सदस्य गंगा नेपाली र कुशे गाउँपालिका-५ बाट वडा सदस्य शुसीला कामीले एकीकृत समाजवादी रोजेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved