काठमाडौं । नेपालले पपुवा न्युगिनी(पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा संघर्षपूर्ण जित हात पारेको छ। भर्खरै सकिएको खेलमा नेपाल ६३ बल बाँकी छँदै २ विकेटले विजयी भएको हो। नेपालले ३९ दशमलव ३ ओभरको क्षतिमा लक्ष्य भेट्टायो।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले ३३ ओभरमा १ सय ३४ रन बनाएको थियो।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिएको खेलमा पीएनजी सस्तैमा समेटियो। पीएनजीका लेगा सिएकाले ३० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो अंक बटुल्न सकेनन्। चार्लिस अमिनी २३ तथा गउडी टोकाले २२ रन बटुले। त्यस्तै विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले १५ तथा चाड सोपरले अविजित १७ बनाउन सके।
त्यस्तै नेपालका लागि रोहित पाैडेलले सर्वाधिक ४१ रन बनाए। उनले यस क्रममा ६५ बल खेले। आशिफ शेखले ३० बलमा ४६ रनको योगदान दिए। कुशल भुर्तेलले १५ बलमा २८ रन बनाए। त्यस्तै ज्ञानेन्द्र मल्ल २०, शरद भेषवाकर २२ र आरिफ शेखले १९ रन बनाए। सोमपाल कामी र विक्रम शोब नट आउट रहे।
ट्राई नेसन ओडीआई सिरिजको तयारीस्वरुप आयोजित दुई एक दिवसीयमध्ये यो पहिलो खेल हो। दोस्रो खेल आउँदो शुक्रबार नेपाली समयअनुसार सवा ४ बजे हुनेछ।