नेपालसामु सस्तैमा समेटियो पपुवा न्युगिनी

नेपालभ्युज

नेपालसामु सस्तैमा समेटियो पपुवा न्युगिनी
फाइल तस्वीर

काठमाडौं । सन्दीप लामिछानेले चार विकेट लिएपछि नेपालसामु पपुवा न्यूगिनी(पीएनजी) सस्तैमा समेटिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीले ३३ ओभरमा मात्र १ सय ३४ रन बनाउन सक्यो।

टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका बलरले कसिलो बलिङ गरे। विक्रम शोब र कुशल मल्लले २/२ तथा सोमपाल कामीले १ विकेट लिए।

पीएनजीका लेगा सिएकाले ३० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो अंक बटुल्न सकेनन्। चार्लिस अमिनी २३ तथा गउडी टोकाले २२ रन बटुले। त्यस्तै विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले १५ तथा चाड सोपरले अविजित १७ बनाउन सके।

ट्राई नेसन ओडीआई सिरिजको तयारीस्वरुप आयोजित दुई एक दिवसीयमध्ये यो पहिलो खेल हो। दोस्रो खेल पिएनजीसँगै शुक्रबार हुनेछ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ। जसको तयारीस्वरुप आयोजित दुई एक दिवसीयमध्ये यो पहिलो खेल हो। दोस्रो खेल पिएनजीसँगै शुक्रबार हुनेछ।

मंगलबार पीएनजीसँगको नेपालका तीन खेलाडिले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटमा डेब्यू गरे। कुवेतमा भएको खेलबाट आसिफ शेख, कुशल भुर्तेल र बिक्रम सोबले डब्यू गरेका थिए।

त्यसैगरी उक्त खेलमा विक्रम सोब ओडीआइको डेब्यू खेलको पहिलो बलमै विकेट लिने पहिलो खेलाडी बने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved