बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

नेपालभ्युज

बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
फाइल तस्वीर

काठमाडौं। बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोनाभाइरस संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन्। बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या ६ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ। प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको संख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ।

देशभर कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा लगाउनेको संख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ।

प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म सो परिमाणमा निःशुल्क मास्क वितरण गरिएको हो।

नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानअन्तर्गत निःशुल्क मास्क वितरण गर्दैआएको छ।

स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने एक हजार २६६ जनालाई सम्झाइ बुझाइ छाडिएको छ। माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रमअन्तर्गत आठ हजार २३२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved