मन्त्रिपरिषद् बैठक

साढे ५ अर्बको वैदेशिक सहायता स्वीकार, बजेट संशोधन हुने

बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

नेपालभ्युज

साढे ५ अर्बको वैदेशिक सहायता स्वीकार, बजेट संशोधन हुने
फाइल तस्वीर

काठमाडौं। सरकारले नेपाल र भारतको सीमा क्षेत्र छाङरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लाको व्यास गाउँपालिका १ छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीहरुको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरु उपयोगमा ल्याउन स्वीकृती दिएको छ।

बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने र अन्तर्राष्ट्रिय विकास सहायतामार्फत् नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि प्राप्त ५० मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, बैठकले वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको कानुनमन्त्री कार्कीले बताए। उनले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने पनि बताए।

मन्त्री कार्कीले अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने बताए। प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि आफूले सरकारको तर्फबाट छलफल गरेको उल्लेख गर्दै सहमतिका आधारमा बजेट संशोधन हुने उल्लेख गरे।

बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। त्यस्तै, निजामती कर्मचारी सेवा नियमावलीको व्यवस्थाअनुसार निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved