जनगणना कार्तिक २५ देखि

नेपालभ्युज

जनगणना कार्तिक २५ देखि

काठमाडौं। कोरोनो संक्रमणको जोखिमले रोकिएको जनगणनाको कार्यतालिका सरकारले स्वीकृत गरेको छ। केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको कार्यतालिका सोमबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

विभागले भदौ २० गतेदेखि जनगणनाका क्रियाकलाप शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । अब मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । नयाँ कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गरेर विभागले भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिनेछ।

तालिम पश्चात सुपरभाइजर भदौ ३० देखि असोज १८ गतेसम्म सूचीकरणका लागि घरघरमा खटिनेछन्। यही वर्षभित्र जनगणना सकिने विभागको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved