कोरोना अपडेट

१९ सय संक्रमित थपिए, २० जनाको मृत्यु

नेपाल भ्यूज

१९ सय संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा सोमबार थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ११ हजार ६ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ८८ र ४ हजार ३ सय ७० एन्टीजेन परीक्षणका क्रममा ४०९ जनामा कोरोना जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ८ लाख ५६ हजार २ सय १८ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै थप १ हजार ७ सय ४३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २८ हजार ९ सय २८ संक्रमित निको भएका छन्।

हाल नेपालमा ३० हजार ९ सय ७३ संक्रमित आइशोलेशन र २ सय ६० संक्रमित क्वारेन्टाइनमा छन्। त्यस्तै हालसम्म ३९ लाख ६९ हजार ७ सय २१ पिसिआर र ४ लाख ९२ हजार १ सय १४ वटा एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

 

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved