सेयर बजारमा उछाल, १६१ दशमलव ९४ अंकको वृद्धि

गभर्नरको राजीनामा माग, राष्ट्र बैंक घेराउ

लगानीकर्ताको प्रदर्शनपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएपछि उकालो लागेको हो।

नेपाल भ्यूज

सेयर बजारमा उछाल, १६१ दशमलव ९४ अंकको वृद्धि

काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ। हिजो पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१ दशमलव ९४ अंकको सुधार भएको हो।

आजको बजार दुई हजार ९९० दशमलव ७८ को विन्दुमा पुगेर बन्द भएको छ। आज २२४ कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ। जसको कारोबार ४६ करोड तीन लाख ९१ हजार ४५६ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा हिमालय डिस्लटिरी कम्पनी छ। जसको २६ करोड ८८ लाख ९६ हजार ३१३ रुपैयाँको कारोबार भएको छ।

यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ। आज सबै समूहका सूचांकहरूमा हरियाली छाएको छ। आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहका उप-सूचांकहरुमा ९ प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने अन्य समूहको उपसूचांकमा ८ प्रतिशतभन्दा धेरैको सुधार भएको छ। त्यस्तै, म्यूचल फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको मात्र सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचांकमा तीनदेखि पाँच प्रतिशतसम्मको मात्र सुधार भएको छ।

आज सबैभन्दा धेरै नाफा कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता छन्। हाइड्रोपावरमा १० प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, आज घाटा व्यहोर्नेमा नेपाल इन्भेष्टमेन्ट डिभेन्चर २०८२ का लगानीकर्ता छन्। कम्पनी माइनस १ दशमलव ९४ अंकले घाटामा गएको छ।

गभर्नरको राजीनामा माग, राष्ट्र बैंक घेराउ

सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ। समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायत माग राखेका जनाएको छ।

लगानीकर्ताको प्रदर्शनपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएपछि उकालो लागेको हो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved