मैत्रीपूर्ण फुटबलका लागि नेपाल आइपुग्यो बंगलादेशको महिला टोली

बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल सेप्टेम्बर ९ र १२ मा दशरथ रंगशालामा हुनेछ।

नेपालभ्युज

मैत्रीपूर्ण फुटबलका लागि नेपाल आइपुग्यो बंगलादेशको महिला टोली

काठमाडौं। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम नेपाल आइपुगको छ। बंगलादेशी टिम आज काठमाडौं आइपुगेको हो।

बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटीका पदाधिकारी लगायतले स्वागत गरेका थिए।

बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल सेप्टेम्बर ९ र १२ मा दशरथ रंगशालामा हुनेछ। उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन्। छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्स बीचको खेल सेप्टेम्बर १८ मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved